पोखरा ११ मचारी क्षेत्रका मतदाता भन्छन्, ‘विकासका लागि एमालेकै भर छ’
कास्की | बैशाख १९, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं ११ मा नेकपा एमालेका वडा अध्यक्ष सहितका उमेद्वारले वडाभरकै सबैभन्दा दुर्गम मानिएको मचारी क्षेत्रसहित विभिन्न स्थानका मतदातासंग भेट गरेका छन् । मचारी क्षेत्रमा एमालेका उमेद्वार पुग्दा स्वागत गरेका स्थानीयले आफूहरुले अहिलेसम्म सडकको ठूलो समस्या खेपेको गुनासो गर्दै सडक स्तरोन्नतीका लागि यसपटक एमाले उमेद्वारकै भरोसा गरेको प्रतिक्रिया दिए ।
उक्त क्षेत्र पहिरोको समेत उच्च जोखिममा रहेको भन्दै स्थानीयले पहिरो रोकथामका लागि दिगो पहल गर्न समेत आग्रह गरे । स्थानीयको गुनासो सुनिसकेपछि वडा अध्यक्षका उम्मेदवार मिनबहादुर गुरुङले मचारी क्षेत्रलाई पहिलो प्राथमिकतामै राखेर प्रतिवद्धता पत्र तयार भएको जानकारी गराए । साथै उक्त क्षेत्रको पहिरो व्यवस्थापनका लागि समेत बजेट विनियोजन गर्ने योजना प्रतिवद्धतापत्रमा समेटिएको बताए । प्रतिवद्धतापछि स्थानीयले अबको भरोसा एमाले भएको भन्दै उमेद्वारलाई विजयीको शुभकामना सहित मतदानको प्रतिवद्धता जनाए ।
आज नै उमेद्वारसहितको टोली नमुना टोलमा पुग्दा टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले भव्य स्वागत गरे । साथै सिस्नेरी, कमेरेपानी, रानीबगर, भोटेको कुना, सिमलचौर लगायत स्थानका मतदाताले पनि उमेद्वारलाई मददान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले वडा नं ११ का ग्रामिण क्षेत्रमा यसअघि काँग्रेसबाट जित हासिल गरेका जनप्रतिनिधिले विकासमा ध्यान नदिएको आरोप लगाउँदै अब एमालेकै भर रहेको प्रतिक्रिया दिए ।
सोमबारको घरदैलो कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सांसद एवं जिफण्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष मिना गुरुङले औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको हक हितका लागि श्रम डेस्कको स्थापना गर्ने योजना सुनाइन् । उनले श्रमिकलाई सूचिकृत र पञ्जीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा समावेश गर्ने विषयलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाइन् ।
वडा नं ११ मा एमालेबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।
पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरि प्रचारप्रसारलाई निकै उत्सापूर्वक रुपमा सञ्चालन गरिएकोे प्रचारप्रसार संयोजक मदनकुमार सुनारले जानकारी दिएका छन् । घरदैलो अभियानमा एमाले कास्की जिल्ला कमिटी सदस्य एवं वडा नं ११ का इन्चार्ज बलबहादुर नेपाली, निर्वाचन परिचालन कमिटीका संयोजक सञ्जयकिशोर बास्तोला लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

